०८ पुष २०८१, सोमबार

बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्ट सम्मानित

Logo
News मंगलबार, जेठ ०८, २०८१

विराटनगर । विराटनगरस्थित न्युरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्ट सम्मानित भएका छन्। नेपाल स्नायुविज्ञान प्रतिष्ठान (एनएएन) ले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा न्युरोलोजी क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई न्युरोलोजीको धरोहर मानेर सम्मान गरिएको हो।

नेपालमा न्युरोलोजी विधाको शुरुवात र विकासका लागि शुरुका दिनदेखि नै अमूल्य योगदान पुर्याएकोले एनएएनले डा। विष्टलाई सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले कदरपत्र र दोसल्ला ओढाएर उनलाई सम्मान गरे।

बेलायतबाट आफ्नो अध्ययन पूरा गरेका डा। विष्टले सन् २००० मा नेपालमै पहिलोपटक विराटनगरमा १० शय्याको न्युरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर स्थापना गरेका थिए। त्यो हस्पिटल हाल न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलको रुपमा विकसित भइसकेको छ र अहिले न्युरो सुपरस्पेशियालटी हस्पिटलको रुपमा स्थापित छ।

सम्मान कार्यक्रममा बोल्दै डा. विष्टले दृढतापूर्वक सेवा गरिरहँदा समाज र राष्ट्रले मूल्यांकन गर्ने गरेको महसुस भएको बताए। सम्मानपछि थप जिम्मेवारी बोध भएको उनले बताए। बेलायतबाट फर्केर जन्मस्थल विराटनगरमा न्युरोलोजी सेवा सुरु गरेका उनले शुरुवाती दिनका मात्र होइन, स्वास्थ्य क्षेत्रमा काम गर्दा हरेक पाइलामा जोखिम र कठिनाईहरू भए पनि सेवाभाव सहित काम गर्दा आत्मसन्तुष्टि मिल्ने बताए।

विराटनगरमै न्युरोलोजी सेवा प्रदान गर्दा धेरै बिरामीहरुलाई न्युरोसर्जरी र एमआरआई परीक्षणका लागि काठमाडौं र भारतको सिलिगुडी जानुपर्ने बाध्यता थियो। डा. विष्टले यसको अन्त्य गर्न सन् २०१० मा आफ्नै अस्पतालमा न्युरोसर्जरी सेवा शुरु गरे। दुई वर्षपछि एमआरआई परीक्षण सेवाको पनि शुरुवात गरिएको छ।

यसअघि डा. विष्ट सुप्रवल जनसेवा श्री सम्मानबाट पनि विभूषित भइसकेका छन्। यसका साथै उनलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट पनि सम्मानित गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१