०१ चैत्र २०८१, शनिबार

विद्यालयको वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित

Logo
News शुक्रबार, जेठ ११, २०८१

विराटनगर ÷ विराटनगर वडा नम्बर ५ स्थित सिद्धकाली आधारभूत विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उहाँहरुलाई सम्मान गर्नुभयो । विद्यालयको सल्लाहकारमा रहेर सहयोग गरेको भन्दै समाजसेवी केदार कार्की, शिक्षासेवी तथा युवानेता रुपेश खतिवडा, समाजसेवी मनमोहन श्रेष्ठ, वडा सदस्य अन्जु दाहाल, युवा नेता उद्धव कोइराला, पुष्प कटवाल, राजेश गिरी, अमित अग्रवाल, विद्यालयका पूर्वप्रधानाध्यापक देवनारायण मण्डललगायतलाई सम्मान गरिएको थियो ।
मेयर कोइरालासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादव र प्रधानाध्यापक राजेन्द्रकुमार थापाले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचनामा समेत कुनै कमी हुन नदिने गरी महानगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । मेयर कोइरालाले सामुदायिक विद्यालयका सबै कक्षाकोठामा पंखा जडान गरिने बताउनुभयो । गरिब तथा सीमान्तकृत वर्गका बालबालिका पढ्ने सो विद्यालयमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको प्रअ थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१