बिराटनगर,जेठ १३ गते ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले समृद्धि–हेल्भेटास आयोजनाको प्राविधिक सहयोगमा एउटा सफ्टवेयर निर्माण गरी यसको तथ्यांक संकलन कार्य सुरु गरेको छ । मोरङ सुनसरीऔद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा कस्ता कामदारको माग छ र त्यस्को पूर्ति गर्ने सम्बन्धमा सो सफटवेयर निमाण गरि तथ्याङक संकलन कार्य शुुरु गरेको हो ।
आज नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि दु्रत बजार विश्लेषण Rapid Market Assessment अन्तरगत सफ्टवेयरको निर्माण गरी उक्त सफ्टवेयर महासंघको सिस्टममा अपडेट गरिएको विषयमा जानकारी गराउने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतले देशको आर्थिक विकासको महत्वपूर्ण इन्जिनको रुपमा रहेका उद्योग प्रतिष्ठानहरू प्रवर्धन हुन सके मात्र राज्यले आर्थिक बृद्धि गरी आफ्ना नागरिकहरूलाई सुविधा प्रदान गर्न सक्दछ । यसको लागि औद्योगिक वातावरण निर्माण गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो । सूचना र प्रविधिको विकासको चरणले अहिले कामहरुलाई सहज बनाउँदै गएको सन्दर्भमा श्रम बजार सूचना प्रणालीको संस्थागत विकासमा नेपाल उद्योग वाणिज्य महासंघले थालेको यो प्रयासलाई सरोकारवालासँगको सहकार्यले, थप प्रभावकारी बनाउनेछ भन्दैनिर्माण गरिएको सफ्टवेयरलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिस्टममा अपलोड गरिसकेकोजानकारी गराउनु भएको थियो ।