जेष्ठ १५ बुधबार
काेशी प्रदेश सरकार मा रहेको उद्योग कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र मोरङ विराटनगर ले कृष हरु लाई दिने अनुदानमा समेत विभेद गरेको छ। बिगत ३ बर्ष देखि कृषक हरु लाई चैते धनवाली, मकै खेती, सनपाट खेती, लगायत अन्य बालि लगाउन प्राेत्साहन स्वरुप प्रति कठ्ठा ५०० रुपैयाँको दरले अनुदान दिँदै आइरहेको छ। मन्त्रालयले यस वर्ष पनि रंगेली नगरपालिका वडा नम्बर ३, ६ ,८ र ९ का कृषक हरु का लागि मकै ,धान र सनपाट खेतिका लागि अनुदान रकम मा नेताकाे चाकडी गर्ने र पावर भएका व्यक्ति हरु लाई मात्रै ज्ञान केन्द्र ले अनुदानमा छनाैट गरेको कृषक हरु ले आराेप लगाएका छन ।आफू हरुले दिन रात मेहनत गरेर कृषि पेसा गरेता पनि हाल सम्म पनि कुनै ठाउँबाट अहिलेसम्म अनुदान काे बिषयमा आफुलाई कसैले पनि जानकारी नगराएकाे र अहिलेसम्म कुनै अनुदान नपाएकाे रंगेली ९ धनजुवाका कृषक बलराम ऋिषिदेव ले बताए । कृषि ज्ञान केन्द्रले कृषकहरूका लागि बैशाख २८ गते परिपत्र गर्दे अनुदानमा छनोट भएका कृषकहरूलाई सम्झौताका लागि आह्वान गरेपछि कृषकहरूले नाम लिस्ट हेरेपछि अहिले चर्चाको विषय बन्दै गएको छ । सनपाट खेतीका ज्ञन केन्द्र ले लागि रङ्गली नगरपालिका वडा नं ९ धनजुवाका श्री प्रसाद राजबंशी लाई ५० हजार अनुदान काे सिफारिस गरेपछि अहिले चर्चा बढ्न थालेको छ। स्थानीय का अनुसार श्री प्रसाद ले अहिलेसम्म कुनै सनपाट खेति नगरेको तर उनलाई कर्मचारी हरु काे मिलेमतोमा थाेरै खेति गर्ने लाई अनुदानमा स्वकृति गरेको स्थानीय मुकेश यादव ले बताए । स्थानीय कृषक सुरेन्द्र प्रसाद पनेरू का अनुसार चामुण्डा कृषि समूह ले ६०० कठ्ठा खेती मा १ लाख रुपैयाँ अनुदान काे सिफारिसमा परेकाे तर त्यति खेति नभएको तर अरुको पुर्जा राखेर मनगणन्त हिसाबले कर्मचारीको मिलेमतोमा राहत लिएको हुन सक्ने उनले आराेप समेत लगाएका छन । रङ्गेली कृषि शाखाका प्रमुख वीरेन्द्र कुमार मण्डल का अनुसार ज्ञान केन्द्रले आफू हरु लाई कुनै जानकारी नगराई कृषक हरु लाई अनुदान काे रकम दिएकाे र साे काे बिषयमा कुनै जानकारी नभएको भन्दै पंन्छिन खाेजेका छन । ज्ञन केन्द्र का प्रमुख राम देव सिंहका अनुसार आफुहरु ले अनुदानमा सहि कृषक हरु लाई अनुदान दिएकाे कार्यलय बाट निरिक्षण गरेर मात्रै रकम निकासा गर्ने गरेको उनलेे बताए ।