०८ पुष २०८१, सोमबार

उपप्रधान एवं गृहमन्त्री लामिछाने ःप्रदेश स्तरीय सुरक्षा गोष्ठी उद्घाटन

Logo
News आइतबार, जेठ २७, २०८१

विराटनगर, २७ जेठ ः उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले कोशी प्रदेश सुरक्षा गोष्ठीको आज एक समारोहको बीच यहाँ उद्घाटन गर्नु भयो ।गृहमन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रुपमा विराटनगरमा सो गोष्ठी शुरु भएको हो ।
भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारी,गृहमन्त्रालयका सचिव , नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय,नेपाली सेनाका उच्च अधिकारी, प्रदेश स्तरीय प्रहरी प्रमुख, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका अधिकृत , सशस्त्र प्रहरीका प्रमुख लगायतको सहभागिता रहेको छ।
सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्ने, विभित्र अपराधका घटना नियन्त्रण गर्ने ,प्रदेशको सुरक्षा चुनौती, अपनाउनु पर्ने रणनीतिका बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१