विराटनगर,जेठ ३० गते । चालु आर्थिक वर्ष २०८०÷ ०८१ को असार मसान्त आउनै लाग्दा सुुनसरी मोरंग औद्योगिक करिडोरमा उद्योग सँचालन गर्दै आएका एक उद्योगिले २०६७ साल देखी नै ट्रेडिङ्गको ब्यवसायीक कारोवार गरेर राजश्व छली गर्ने गरेको घट्ना खुुल्न पुुगेको छ ।
विराटनगरको ब्यवसायी सारडा समुह ट्रेडिङ्ग कारोवारमा सक्रिय बन्दै आएको रहस्य पनि खुुलेको छ । करिडोरका उद्योगि एवं पछिल्लो समय ट्रेडिङ्गका कारेवारी अनिल सारडा आर्थिक वर्ष समापन हुुँदै लाग्दा सरकारी निकायको निगरानीमा भएको रहस्य खुुलेको छ । उनले गर्दै आएको ट्रेडिङ्गको कारोवार छानवीनमा परेपछि मात्रै सारडाको ट्रेडिङ्गको कारोवार छताछुुल्ल बन्न पुुगेको कुुरा समाचारस्रोतले बताएको छ । स्रोतले दिएको जानकारी अनुुसार २०६७ सालमा नै आन्तरिक राजश्व कार्यालय विराटनगरमा जे।एम।डी।एक्सीम नामको ट्रेडिङ्ग फर्म ३०४३९५१८९ भ्याट नम्बरमा अनिल सारडाको नामबाट दर्ता कायम भइ कारोवार गरेको देखिन आएको कुुरा थाहा भएको छ । भारत तथा तेस्रो मुुलुुकबाट गाडीमा प्रयोग हुुने विभीन्न ब्राण्डका टीयुु र टायर आयात गरी न्युुन राजश्व बुुझाएपछि उक्त सारडाको ट्रेडिङ्ग फर्मको कारोवारका सम्बन्धमा आन्तरिक राजश्व कार्यालय विराटनगरले एक महिना यता देखी अनुुसन्धान गरिरहेको कुुरा ब्यवसायीहरुकै एक उच्चस्रोतले जानकारी दिएको छ । उद्योगि सारडाले आफनो नामको फर्मबाट भएको कारोवारका सम्बन्धमा आन्तरिक राजश्व कार्यालयबाट फुलअडिट सहित सिवाय समेत गरेर क्लिनचीट लिने प्रयास गरेको दावी समेत स्रोतले गरेको छ । तर उद्योगि सारडाको उक्त प्रयास सफल नभएको कुुरा बताइएको छ । आन्तरिक रजश्व कार्यालयका प्रमुुख कर अधिकृत डा।डि।वी।क्षेत्री हिजो जेठ २९ गते देखी उमेरहदबाट अनिवार्य अवकासमा जाने निश्चित भएको अवस्थामा विवादास्वद फायल अगाडी नबढाउन निर्देशन दिएका कारण उद्योगि सारडाको उक्त फायल रोकिएको कुुरा थाहा भएको छ । तर आन्तरिक राजश्व कार्यालय विराटनगरको अडिट शाखामा कार्यरत कर अधिकृतले उद्योगि सारडाको उक्त ट्रेडिङ्ग कारोवारको फायल अगाडी बढाउन धेरै प्रयास गरेको रहस्य पनि स्रोतले खोलेको छ ।
एउटा ट्रेडिङ्ग फर्मको कारोवार अनुुसन्धान हुुँदै गर्दा सारडा समुुहकै अनिल सारडाले अर्को एशिएन इम्पेक्स नामको ट्रेडिङ्ग फर्म पनि दर्ता गरी मोटरपार्टस देखी बल ब्यारिङ्ग समेत आयात गर्दै आएको थप रहस्य पनि खुुलेको छ । उक्त ट्रेडिङ्ग फर्म पनि आन्तरिक राजश्व कार्यालय विराटनगरमा नै ६०३९२६३०७ भ्याट नम्बरमा २०७२ सालमा दर्ता भइ कारोवार गर्ने गरेका दावी राजश्वस्रोतले गरेको छ । यी दुुवै सारडाका ट्रेडिङ्ग फर्म मध्ये जे।एम।डी।एकजीमले १ करोड ७३ लाखको मात्रै कारोवार देखाएर भ्याट तथा आयकर केही नबुुझाएका कारण अनुुसन्धानको दायरामा आएको दावी स्रोतले गरेको छ । त्यसै गरी सारडा कै एशिएन इम्पेक्स नामको ट्रेडिङ्ग फर्मले ४ करोड ६९ लाखको कारोवार देखाएर अत्यन्तै न्युुन राजश्व बुुझाएपछि दुुवै ब्यवसायीक ट्रेडिङ्ग फर्म माथी एकसाथ अनुुसन्धान सुुरु भएको दावी उच्च्स्रोतले गरेको छ । दुुवै ट्रेडिङ्ग फर्मको सँचालकमा अनिल सारडा रहेका भने एक ब्यवसायी ट्रेडिङ्ग फर्ममा सेकेण्डरीका रुपमा प्रविन सारडा रहेको कुुरा स्रोतहरुले बताएको छ । अनिल सारडाले सुुनसरी मोरंग औद्योगिक करिडोरमा र्हेको पायोनियर वायर्स उद्योग पनि सँचालन गरि रहेका छन । त्यसै गरी सारडा एक महिना अगाडी मात्रै मोरंग उद्योग ब्यापार संघको उपाध्यक्षमा निर्विरोध निर्वाचीत समेत भइ सकेका छन ।
विराटनगरमा रहेका अर्का एक ट्रेडिङ्ग कारोवारको अग्रपक्तिमा रहेका कमला ग्लोवलका सँचालक शकरलाल अग्रवालको ट्रेडिङ्ग ब्यवसायी फर्म पनि कार्वाहीमा परेको कुुरा राजश्वस्रोतले बताएको छ । अग्रवालले सामान आयात गर्दा भन्सारमा बाह्सय डलरको भन्सार मुुल्याँकनलाई घटाएर आठसय डलर मुुल्याँकन कायम गरी राजश्व छली गरेको पुुष्टि भएसँगै करिव ८० लाख राजश्व रकम बक्यौता देखिएपछि आन्त्रिक राजश्व कार्यालयबाट एसिसमेन्ट समेत भएको कुुरा राजश्व स्रोतले बताएको छ । स्रोतका अनुुसार शकरलाल अग्रवालको भ्याट दर्ता ३०००३८७७४ रहेको कमला ग्लोबल ट्रेडिङ्ग फर्म माथी करिव एक वर्ष अगाडी देखी नै आन्तरिक राजश्व विभागले अनुुसन्धान गर्दै आएको कुुरा थाहा भएको छ । अग्रवालले उक्त रकम छली गर्नका लागि अर्थमन्त्रि देखी आन्तरिक राजश्व विभागका माहानिर्देशक समेतलाई प्रयोग गरेका घट्ना पनि अहिले बाहिरीएको छ । तर पछिल्लो समय आन्त्रिक राजश्व कार्यालयबाट भएको अडिट पश्चात उक्त फर्मको रकम माथी नै एसिससमेन्ट गरेपछि ट्रेडिङ्ग कारोवारी शंकरलाल अग्रवालको सबै प्रया विफ भएको कुुरा आराका स्रोतले बताएको छ ।