विराटनगर । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितलाई आन्दोलनरत पक्षले कार्यकक्षमा नै थुनिदिएका छन् । विगत ४ दिनदेखी आन्दोलनमा रहेका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले शुक्रबार बिहान कार्यालयमा हाजिर हुन आएका प्रदेश प्रमुखलाई बाहिरबाट ताल्चा लगाएर कार्यकक्ष मै थुनेका हुन् ।
न्युतमत तलब सुविधासहित १० प्रतिशत प्रोत्साहन रकम कायम होस् वा योगदान रकमको २५ प्रतिशत वृद्धी गरी मात्र १५ प्रतिशत कर कट्टी हुनुपर्ने माग राख्दै विगत ४ दिनदेखी आन्दोलनमा छन् । विभिन्न ७ सुत्रिय माग राखेर आन्दोलन गर्दै आएका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले बिहीबार पनि कार्यालयको मुख्य प्रवेशद्धारमा ताला बन्दी गरेर सबै कर्माचारीलाई भित्र नै थुनेका थिए । तालाबन्दी पछी आन्दोलनरत दर्ता सहयोगीहरुले रोडशेषस्थित मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका थिए ।आफुहरुको माग सम्बोधन नभए समम अझ ससक्त आन्दोलन गर्दै जाने संयोजक सुवेदीले चेतावनी दिनुभयो । अहिले कोशी प्रदेशमा मात्रै १२६६ जना स्वास्थ्य बीमा दर्ता सहयोगीहरु छन् । धर्ना कार्यक्रममा झापा , सुनसरी , मोरङ र उदयपुरका स्वास्थ्य बीमा दर्ता सहयोगीहरु सहभागी थिए । बीमा गरेबापत दिइने योगदान रकमको कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई बृद्धि गरेर १५ प्रतिशत लिन पत्र काटिएपछि मुलुक भरै आन्दोलनको सुरुवात भएको हो । २०७९ सालदेखिको महालेखाले बेरुजु देखाएको बेरुजु दर्ता सहयोगीबाट असुल गर्ने पत्रचार गरेपछि स्वास्थ्य बीमा दर्ता सहयोगीहरुमा निराशा पैदा भएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको स्वास्थ्य बीमा दर्ता सहयोगी कोशी प्रदेशकी संयोजक गंगा सुवेदीले जानकारी दिनुभयो ।