०८ पुष २०८१, सोमबार

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यमको टोलि मकैको अध्ययन गर्न गुफाववागतर्फ प्रस्थान

Logo
News शनिबार, आषाढ ०२, २०८१

विराटनगर , असार १ ।
नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सभापति डि.बि. बस्नेतको नेतृत्वमा एउटा टोलि भारत, बिहारको गुलाववाग गएको छ । मकैको खेती, व्यापार र यसको बजारीकरण, बैंक फाइनान्स आदिको विषयमा अध्ययन गर्न त्यसतर्फ गएको उक्त टोलिलाई आज विराटनगरबाट विदाई गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले १५ वर्षको अवधिमा विहारमा कृषिले ठूलो फड्को मारेको छ यसको सिको नेपालका कृषक, र व्यवसायीहरुले पनि गर्नु पर्ने वताउनु भयो । छिमेकी देशमा भइरहेको विकासको नमूनालाई हामीले उदाहरणका रुपमा लिएर अगाडी बढ्नु पर्ने र भ्रमणका क्रममा मकैको उत्पादन, यसको खेती यसमा संलग्न व्यवसायीहरुसंगको अन्तरक्रियाबाट उठेका राय सुझावहरु मकैको व्यवसायीक खेतीका लागि प्रोत्साहन हुने विश्वास लिंदै टोलिलाई शुभकामना दिनु भएको थियो ।
यसैगरी भ्रमण टोलिलाई शुभकामना दिनु हुंदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराले कृषिलाई आत्मनिर्भर बनाउन भारतको केन्द्रिय र राज्य सरकारले धेरै सुविधाहरु दिए चर्चा गर्दै नेपालमा पनि यस्तो सुविधा दिएर कृषिको विकास गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डिवि बस्नेतले कृषि उद्यम केन्द्रले सिमिट नेपालको सहयोगमा पश्चिम नेपालको कपिलवस्तु, दाङ, बांके, बर्दिया, कैलाली र कंचनपुर जिल्लामा मकैको व्यवसायीक खेतीको शुरुआत गरेको र यसमा उक्त जिल्लाका कृषक, सहकारी, व्यवसायीहरुको सहभागिता रहेको जानकारी गराउनु भयो । सिमेट नेपालको सहयोगमा कृषि उद्यम केन्द्रले शिप, ज्ञान, क्षमता अभिवृद्धि लगायत विभिन्न तालिमहरु दिएर मकै खेतीको व्यवसायीकरण गर्न प्रोत्साहन गर्दै आएको बताउंदै उक्त भ्रमण टोलिमा ६ जिल्लाका सहकारी, कृषक समूह, उद्योग वाणिज्य संघ, गाउँपालिका कृषि उद्योगका संचालक लगायत ३० जनाको सहभागीता रहेको वताउनु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१