मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाललाई संघको सभामा स्वागत गरी सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
मोरङ उद्योग व्यापार संघका का।वा।अध्यक्ष अनिल कुमार साह र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडा संयुक्त रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाललाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज कार्की लगायत प्रहरी निकायका उच्चपदस्थ अधिकृतहरु, संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना , मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मून्दडा लगायत विभिन्न संघरसंस्थाका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समितिका संयोजकहरु र सदस्यहरु, उद्योगी व्यवसायीहरु र संचारकर्मीको उपस्थिति रहेको थियो ।