मोरङ,१८ असार ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले सङ्घीय लोकतानित्रक गणतान्मक शासन प्रणाली कुनै हालतमा परिवर्तन नहुने बताउनु भएको छ।
नेपाल प्रेस यूनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटमा उहाँले नेकां र एमाले वीच भएको छलफलबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई वल पु¥याउने गरी संविधान संशोधन हुने प्रष्ट पार्नु भयो ।
पूर्वमन्त्री समेत रहनु भएको नेता निधिले वर्तमान नयाँ गठबन्धनमा नेकां र एमाले प्रमुख रुपमा रहेका छन् भने यसमा अरु दलहरुलाई समावेश गर्दै जाने जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो ‘ संविधान संशोधन गरी प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक प्रणाली खारेज गर्ने सम्बन्धमा राजनीतिक दलहरुवीच छलफल भइरहेको तर अहिलेसम्म कुनै निर्णय भएको छैन ’ ।
नेकां केन्द्रीय सदस्य निधिले एक प्रश्नको जवाफमा आफु नयाँ गणबन्धनमा निर्माण गरिने सरकारमा जाने कुनै निर्णय अहिलेसम्म नगरेको बताउनु भयो ।
उहाँले नेका र एमाले बीच भएको सहमतीका आधारमा प्रदेशमा सरकार निर्माण हुने बताउनु भयो ।