

मोरङ,२२ साउन ः कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ट्राफिक दुर्घटना न्यूनीकरण गर्न विराटनगरको वरगाछी चोकमा आज देखि ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ।
मन्त्रालयले रु २३ लाखको लागतमा ल्याएको उक्त्त ट्राफिक लाइट मोरङ जिल्लामा पहिलो भएको र यसको स्थापनाबाट सवारी आवागममा सहज हुनुका साथै दुर्घटनामा न्यूनिकरण हुने मन्त्रालयका सह सचिव कमल थापाले बताउनु भयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लिल्लावल्लभ अधिकारीले लाइटको उद्घाटन गर्दै सडक सुशासन कायम गर्ने कार्यमा यसले सहयोग पुग्ने बताउनु भयो ।
उहाँले जनघनत्व बढी हुने स्थानमा आगामी दिन थप लाइट र जेब्रा क्रस राख्ने स्थापना गर्ने जानकारी दिँदै केही दिनभित्र उद्यपुर जिल्लाको गाईघाटमा लाइट जडान गर्ने बताउनु भयो ।
मन्त्रालयले सोही अवसरमा सर्वसाधारणहरुलाई ट्राफिक सचेतना समेत गराएको थियो ।
वरगाछी चोकमा लाइटको व्यवस्था नहुंदा अत्याधिक सवारी दुर्घटना हुन्थ्यो ।