०८ पुष २०८१, सोमबार

‘पार्टीलाई मर्यादित बनाउन १३ बुंदे आचार संहिता पालना गर्नु पर्छ’

Logo
News आइतबार, भाद्र ०२, २०८१

मोरङ,२ भदौ ः नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टीमा आवद्ध सबैले १३ बुँदे आचार संहित अनिवार्य पालन गर्नु पर्ने जनाएको छ ।
प्रदेश कमिटीद्वारा आज पार्टी कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा शनिवार सम्पन्न चौथो पुर्ण बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीलाई व्यवस्थित एंव मार्यादित वनाउन १३ बुंदें आचारसंहिता लागु गरिएको जनाएको छ ।
कोशी प्रदेश इन्चार्ज एवं प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले पार्टी सुद्धिकरणका लागि जारि गरिएको आचारसंहिता पार्टीका नेता कार्यकर्ता तथा साधारण सदस्यहरुमा समेत लागु हुने पत्रकार सम्मेनमा जानकारी गराउनु भयो ।
उहाँले आगामी निर्वाचनलाई लंक्षितगर्दै मिशन–८४ का लागि प्रदेशको जिम्मेवारी पाएकाले प्रदेशमा पार्टीलाई दुई तिहाइ वहुमत सहित सवैभन्दा ठुलो दल वनाउने दावी गर्नुभयो ।
नेकपा एमाले कोशी प्रदेश कमिटिका अध्यक्ष घनश्याम खतिवडाले प्रदेशका १४ वटा जिल्ला मध्ये मोरङ, इलाम र तेह्रथुम पार्टीको अधिवेशन आगामी कात्तिक मसान्तभित्र सम्पन्न गर्ने गरि वैठकमा छलफल भएको वताउनुभयो ।

प्रदेश कमिटिका उपाध्यक्ष टिकाराम चेमजोङ्गले वैठकका निर्णयका वारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१