०८ पुष २०८१, सोमबार

सर्वोच्चकाे आदेशलाई सञ्चारमाध्यमले गलत व्याख्या गरे: यशोदा फुड्स

Logo
a मंगलबार, भाद्र ०४, २०८१

काठमाडौँ- करेन्ट चाउचाउ उत्पाद गर्दै आएको यशोदा फुड्स प्रा.लिले सञ्चार माध्यमले गलत समाचार लेखेर दुष्प्रचार गरेको भन्दै ध्यानाकर्षण भएकाे जनाएकाे छ। सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको भन्ने समाचारमा सत्यता नरहेकाे यशोदा फुड्सको दाबी छ।

उसले लेखेको छ,‘ उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाइ गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २०८०/०२/२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो।’’ भनी भएको आदेशलाई सर्वोच्च अदालतबाट मिति २०८१/०४/३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी भएको आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुड्सको उत्पादनको बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको कुरामा यशोदा फुडस प्रा.लिको गम्भीर ध्यानाकर्षण भएको छ।’

फुड्सले उद्योग विभागमा करेण्ट रेगुलर रु. २० मा विक्री गर्ने चाउचाउको ५ प्याक भनी लेबल दर्ताका लागि आवेदन दिएको तर सिजी फुड्स प्रा.लिले सो लेबलमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको जनाएको छ।

निवेदनमा उद्योग विभागले सिजी फुडसको दावी नपुग्ने र यशोदा फुड्सले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी २०८० जेष्ठ २९ मा गरेको फैसला उपर सिजी फुड्स (नेपाल) प्रा.लि. ले अदालत पाटनमा पुनः उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन बिक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको पनि फुड्ले विज्ञप्तिमा लेखेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१