०५ चैत्र २०८१, बुधबार

मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न

Logo
संवाददाता बिहिबार, भाद्र २०, २०८१

विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १० को आयोजनामा मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न भएको छ ।
मानव बेचबिखनविरुद्धको अठारौं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर वडा कार्यालयले विद्यार्थी बालबालिकाहरूसित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ‘तीनै तहको सरकारको प्रतिबद्धता मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ नाराका साथ आयोजित कार्यक्रममा वडाध्यक्ष अर्जुन गिरीले मानव बेचबिखन विश्वमै चुनौतीका रुपमा देखा परिरहेको बताउनुभयो । उहाँले नेपालमा पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको बताउनुभयो । गरिबी, बेरोजगारी समस्या, पारिवारिक कलहलगायतका कारण मानव बेचबिखन बढेको उहाँको निष्कर्ष थियो । मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गरिरहेको उहाँले बताउनुभयो ।
सो अवसरमा फरेन नेपालका सचिव अधिकारकर्मी खिला निरौलाले मानव बेचबिखनविरुद्ध विद्यार्थी तथा बालबालिकाहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो । छिट्टै प्रलोभनमा पर्ने भएका कारण बढी मात्रामा बालबालिकाहरू मानव बेचबिखनको शिकार हुने गरेको उहाँको भनाइ थियो । बेचबिखनबाट जोगिन सचेत हुनुपर्नेमा निरौलाको जोड थियो । वडासचिव चन्द्रानन्द यादवले यस्ता कार्यक्रमले बालबालिकाहरूमा जनचेतना जागृत भई बेचबिखनबाट जोगिने दाबी गर्नुभयो । उहाँले दिवसका दिन मात्रै नभएर अन्य समयमा पनि विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१