३० फाल्गुण २०८१, शुक्रबार

शेयर बजार आज पनि राताम्मे, २ अर्ब ८९ करोड रुपैयाँको कारोबार

Logo
News सोमबार, बैशाख २४, २०८१

काठमाण्डाै – लगातार दोस्रो दिन आज पनि शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६२ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज विकास बैंक बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज बोटलर्स नेपाल तराईको शेयर नौ प्रतिशतले बढेको छ ।

आज ६९ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको ३१ करोड ९८ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१