०५ चैत्र २०८१, बुधबार

मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आजदेखि निर्जल र निराहार उपवास शुरू

Logo
संवाददाता मंगलबार, आश्विन ०८, २०८१

काठमाण्डौ – मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास शुरू भएको छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष डा.बालकृष्ण साह बताउनुहुन्छ ।

निराहार व्रत शुरू गरिएपछि समापन नहुउञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधि हिजो गरि यो पर्व शुरू भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि भोलि बेलुका ५ बजेसम्म बर्तालुहरु अन्न र पानीसमेत नखाएर उपवास बस्ने गर्छन् ।

जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा हिजो ओगठन, आज जितिया व्रत र भोलि बेलुका ५ बजे व्रत पारण अर्थात् समापन विधि हुने उल्लेख छ । तिथिअनुसार यसवर्ष आज र भोलि दिनभरि उपवास बसेर भोलि बेलुका व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिनुभयो ।

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१