०८ पुष २०८१, सोमबार

नेपालबाट पाम, सोया र भटमास तेलको भारत निर्यात गर्ने तयारी

Logo
संवाददाता बुधबार, आश्विन ०९, २०८१

विराटनगर, असोज ८
नेपालबाट पाम, सोया र भटमास तेलको भारत निर्यात गर्ने तयारी थालिएको छ । सो तयारीसँगै भारत सरकारको ध्यान नेपालबाट भारतमा निर्यात सुरू हुने ती उत्पादनहरुमा हुने गुणस्तरमा ध्यान केन्द्रित हुन थालेको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीका अनुसार नेपालबाट निर्यात सुरू हुने क्रममा रहेको सोयाबिन, भटमास र पाम तेलमा हुनुपर्ने गुणस्तरको विषयलाई लिएर भारतीय व्यवसायीहरुले त्यहाँको केन्द्र सरकारलाई गुणस्तरमा कुनै सम्झौता नगर्न दबाब दिन थालेका हुन् । व्यवसायीको दबाबका
कारण भारतीय केन्द्र सरकारले पनि उक्त तेलमा हुने गुणस्तरलाई लिएर व्यापक छलफल सुरु गरेको छ । अहिले भारतमा रहेको वनस्पति घ्यु उत्पादकहरुको संस्था सोल्भेन्ट एक्सट्रयाक्टर्स एसोसिएसनले केन्द्र सरकारलाई नेपालबाट भारतमा आयात हुने ती तेलहरु गुणस्तरहीन हुनेतर्फ ध्यानाकर्षण गराएको छ । सो संघले नेपालको भन्सार
क्षेत्रमा व्यापक कडाइ गर्न र गुणस्तरहीन तेल भारत निर्यात भएको थाहा पाएमा तुरून्तै रोक लगाउन सक्ने गरी सर्कुलर गर्न पनि केन्द्रीय सरकारलाई सुझाव दिएको छ ।
भारतीय उद्योगीहरुले नेपालका पाम तेलका उद्योगले भारतमा नाम मात्रको प्रशोधित तेल निर्यात गर्ने गरेको आरोप लगाउने गरेका छन् । नेपालको तेल भारत निर्यात हुँदा भारतका
धेरै तेल उद्योगहरु संकटमा परेको भन्दै उनीहरु गुणस्तरमा विशेष ध्यान दिन सरकारलाई दबाब दिएको जनाइएको छ । भारत सरकारले पनि व्यवसायीका मागलाई सम्बोधन गर्ने आश्वासन दिएको छ । भारतमा निर्यात हुने भटमास, सोया र पाम तेलको उत्पादन गर्ने नेपालका उद्योगहरुले भारतीय मापदण्ड र गुणस्तरमा तेल उत्पादन गुर्नपर्ने दबाब सिर्जना भएको छ । भारतीय मापदण्डमा उत्पादन भएका उद्योगका उत्पादनलाई सहजै नेपाली भन्सारबाट निर्यातमा सहजता दिने र भारतीय मापदण्ड र गुणस्तरभन्दा फरक भएका उत्पादनहरु भारत
निकासी हुन नसक्ने अवस्थामा रहेको यहाँका उद्योगीहरुले बताएका छन् ।
नेपालसँगको व्यापारमा असाध्यै कडारुपमा प्रस्तुत हुँदै आएको पाम तेलमा भारतले कडाइ गरेसँगै नेपाली उद्योगीहरु धरापमा पर्ने जनाइएको छ । भारतले उसको आवश्यकता
पूर्ति हुनेगरी नीतिगत व्यवस्था गरेर निकासीयोग्य वस्तुको पहिचान गर्ने र निर्यातको योजना बनाउने गरेको हुँदा नेपाल सरकारले पनि भारतबाट आउने सामानमा सोहीअनुसारको नीति बनाउन आवश्यक रहेको उनीहरुको भनाइ छ । भारत सरकारले नेपालबाट पाम, सोया र भटमास तेल आयात खुला गरेपछि केही खुसी देखिएका नेपाली उद्योगीहरु फेरि गुणस्तरको बहानामा भन्सार विन्दुमै कडाइ गरी निकासीमै रोक लगाउनेसम्मको काम गर्न थालेपछि चिन्तित बनेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१