०५ चैत्र २०८१, बुधबार

पूर्वडीआईजी जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

Logo
संवाददाता शनिबार, आश्विन १२, २०८१

काठमाण्डाै – सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिनुभयो ।

जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको आइतवार काठमाण्डौबाट पक्राउ गरी पोखरा लगेको थियो । लगत्तै जिल्ला अदालत कास्कीबाट सोमवार पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धान नसकिएपछि पुनः सात दिनको म्याद थप गरिएको एसपी थापाले बताउनुभयो ।

सहकारीको रकम दुरुपयोगसम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१