०५ चैत्र २०८१, बुधबार

पर्यटकहरुलाई यस पर्यटकीय प्रदेशमा स्वागत गर्न तयार छौ :अध्यक्ष राजेन्द्र राउत

Logo
संवाददाता शनिबार, आश्विन १२, २०८१

विराटनगर ।
पर्यटन दिवसको अवसरमा कोशी प्रदेश सरकारले कोशी प्रदेश पर्यटन बर्ष २०८२ को घोषणा गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पर्यटन वर्षलाई सफल बनाउन अतिथि देवो भव ः भन्ने नेपालीको संस्कृति अनुरुप पर्यटकहरुलाई यस पर्यटकीय प्रदेशमा स्वागत गरी पर्यटन वर्ष २०८२ सफल पार्न आग्रह गर्नु भएको छ ।
प्राकृतिक रुपले सुन्दर यो प्रदेश अन्य प्रदेशभन्दा पर्यटनको क्षेत्रमा अग्रणी स्थानमा रहेको, नेपालमा आठ हजार मिटर भन्दा माथिका अग्ला १४ वटा हिमालहरु रहेका छन जसमध्ये सर्वोच्च शिखर सगरमाथा सहित ११ वटा हिमालहरु यस प्रदेशमा रहेको, हलेशी, पाथिभरा, बराह क्षेत्र, आदि यस प्रदेशका धरोहर स्थलका रुपमा रहेका, इलामको कन्याम, धनकुटाको भेडेटार, हिले, तेहथूमको तिनजुरे, गुफापोखरी, विराट राजाको दरबार, झापाको अर्जुनधारा, किच्चक वध, कृष्णथूम्की जस्ता थुप्रै पर्यटकीय स्थलहरु भएता पनि भौतिक पूर्वाधार, प्रचार प्रसारको कमी लगायतका कारण जुन रुपमा पर्यटकहरु आउनु पर्ने हो त्यो नदेखिएको अध्यक्ष राउतले उल्लेख गर्नुभएको छ ।
नेपाल राष्ट्रिय बैंकले सार्वजनीक गरेको आर्थिक गतिविधि अध्ययनमा कोशी प्रदेशको न्म्एसेवा क्षेत्रको हिस्सा ५०.९% रहेको छ । कृषि क्षेत्र ३३.२% र उद्योग क्षेत्र १५.९% योगदान रहेको छ । सेवा क्षेत्रको तथ्यांक अनुसार खाना तथा आवास सम्बन्धी व्यवसाय सबै भन्दा बढी तराईका चार जिल्लाहरुमा ७०.२५% स्थापना तथा संचालनमा रहेका छन भने बाँकी २९.७५% अन्य पहाडी जिल्लामा रहेको देखिन्छ । (जसमध्ये इलाम, धनकुटा र सोलुखुम्बुमा अन्य पहाडी जिल्लामा भन्दा बढी देखिन्छ ।)
केन्द्रिय सरकारले यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिनुका साथ पर्यटन दशक वर्ष मनाउने कार्यक्रम ल्याएको, साथै प्रतिव्यक्ति १२५ डलर खर्च गर्ने प्रक्षेपण गरेको भएपनि भौतिक पूर्वाधरको सुधिवा नभए सम्म यो लक्ष्य पुरा हुन गा¥हो रहेको भन्दै हाल पर्यटकको बसाई अवधि र खर्च गर्ने क्रम घटेको जनाउनु भयो । प्रति पर्यटकको प्रतिदिन ४० अमेरिकी डलर खर्च गर्ने गर्छन । चालुु आर्थिक वर्षको आर्थिक बृद्धिदर ४.९% हुने अनुमान गरेको ब्म्द्य ले विदेशी पर्यटकको आगमन बढ्न थालेकोले यसले अरु क्षेत्रको आन्तरीक भागमा बृद्धि गराउने विश्लेषण गरेको छ । पर्यटन आगमन बृद्धि हुँदा खाद्यन्न अन्य विभिन्न क्षेत्रमा माग सिर्जना हुन्छ जसले गर्दा समग्र अर्थतन्त्रमा समेत प्रभाव पर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा अध्यक्ष राउतले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरह सुविधा दिन व्यवसायीहरुले माग गरेको, कोशी प्रदेशमा १४ वटा द्यबिअपतयउ एयरपोर्ट रहेका छन भने त्यस क्षेत्रमा विराटनगरबाट आन्तरीक उडान गर्न सकिने भन्दै सो कार्यको लागि मुख्यमन्त्रीज्यूको तर्फबाट पहल समेत उल्लेख गर्नुभयो । क्षेत्रको उत्पादन पहाडी क्षेत्रमा ढुवानी गर्न सकिन्छ ।
सर्वोच्च शिखर सगरमाथा यसै प्रदेशमा पर्दा पनि हालसम्म ःयगलतबष्ल ँष्निजत काठमाण्डौं बाट मात्र हुने गरेको छ । यसलाई विराटनगरबाट पनि संचालन गर्न सके पर्यटन क्षेत्रले अझ गति लिने उल्लेख गर्नुभयो । भारतीय पर्यटकले प्रति व्यक्ति एकलाख रुपैपा (भारु) र गहना ल्याउन पाउने व्यवस्था हुनुपर्ने । जसले गर्दा भारतबाट विवाह लगायतका कार्यक्रममा आउन सहज भुमिका खेल्नेछ जसको परिणाम स्वरुप ःक्ष्ऋभ् त्यगचष्कm (बैठक, सम्मेलन, प्रर्दशनी लगायतका कार्यक्रम)को यस प्रदेशमा बृद्धि हुने र भारतीय पर्यटक लक्षित धार्मिक पर्यटनका प्याकेजहरुको प्रवद्र्धन गर्नु जरुरी देखिएको उल्लेख गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पर्यटन बिकाशको लागि पर्यटन तथा हवाई यातायात समिति गठन गरेको छ । समितिको पहलमा महासंघको कार्यालयमा पर्यटन सूचना केन्द्रको स्थापना भएको छ । नेपालको सबै भन्दा होचो भूभाग केचना देखि सगरमाथा सम्म रहेका पर्यटकीय गन्तव्यहरूको प्रबर्धन गर्न समितिले प्रदेश र स्थानीय सरकारहरु सग विभिन्न परियोजना मार्फत सहकार्य गरेको छ । बराह क्षेत्र, हलेसी र पाथिभरा जस्ता प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमा हुने विभिन्न धार्मिक अनुष्ठानहरुमा महासंघले सहकार्य गर्दै आएको छ । क्रस बोर्डेर पर्यटन मार्फत कोशी प्रदेशको गन्तब्यहरुको प्रबर्धन गर्न महासंघ कोशी प्रदेशको पर्यटन समिति निरन्तर क्रियाशिल रहेको बतायनु भयो । प्राकृतिक सुन्दरतासँगै भौगोलिक अवस्थिति (ऋयललभअतष्खष्तथ)ले पनि कोशी प्रदेश पर्यटन विकासको लागि अन्य प्रदेशभन्दा अब्बल रहेको, आउने दिनहरूमा पर्यटकीय गन्तव्यहरूको विकास गरी विभिन्न प्याकेजहरूको निर्माण गरेर संसारभरका पर्यटक आकर्षित गर्न सक्ने वातावरण निर्माण गर्न सकिने हुँदा यस प्रदेशको छिमेकी राष्ट्र भारतको बंगाल, विहार र सिक्कम राज्य एंव भुटानका पर्यटकहरु भित्राउन सक्ने भन्दै प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ का लागि यस नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको साथ र सहयोग सदैव रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१